महाआरतीलाई लक्षित गर्दै चन्द्रागिरी हिल्सको केबलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा सम्पन्न हुन लागेको महाशिवरात्रि विशेष भक्तिमय उत्सवको तयारी भव्यताका साथ सुरु भएको छ ।

भोलि बुधवार महाशिवरात्रि पर्व छ । महाशिवरात्रिमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेशवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको छ ।

यसैबीच चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखी ९ बजेसम्म केबलकार टिकटमा पचास प्रतिशत (५०%) छुट समेत प्रदान गरेको छ । साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुने चन्द्रागिरी हिल्स लिमिटेड थानकोट काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =