योगदान राष्ट्रको लागि काठमाडौँ महानगरपालिका अध्यक्षमा शर्मिला थापा चयन

काठमाडौँ । ‘योगदान राष्ट्रको लागि’ अभियानले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ ।

मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन भएका छन् ।

सदस्यहरूमा कल्पना राउत, रीतिका उप्रेती, शान्ति थापा, लक्ष्मी उप्रेती, प्रतिमा पोख्रेल उप्रेती, सुवास बुढाथोकी, दुर्गा आङ्देम्बे रहेका छन् । बाँकी सदस्य पछि थप गरिने जनाइएको छ ।

मुख्य सल्लाहकारमा लक्ष्मी बराल चयन भएकी छन् ।

कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उनले नयाँ कार्य समितिलाई बधाई दिँदै योगदानको उद्देश्य अनुसार अघि बढ्न आग्रह गरे । एक घर एक प्राथमिक उपचार उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको संस्थाको मर्म अनुसार स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्राथमिक उपचार हरेक नागरिकले जान्नुपर्ने आवश्यकता रहेकाले प्राथमिक उपचारको बारेमा जनचेतना जगाउने काममा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सचिव विष्णुमणी भण्डारीले योगदान राष्ट्रको लागि ले देशमा ७ सय ५३ वटै पालिकामा समिति गठन गर्ने गरी अघि बढेको बताए ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, केशव प्रसाद दंगाल, वैकल्पिक केन्द्रीय सदस्य उमेशजङ शाही, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्ण प्रसाद चौलागाई, आजीवन सदस्य अमिता अधिकारी, लक्ष्मी बराल, रिता नेपाल, रमेश भण्डारी, नविना खड्का सापकोटा, रीतिका उप्रेती, शर्मिला थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =