सवारी दुर्घटनामा परी घाइते भएकाहरुको निःशुल्क उपचार गरियोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना भाइते भएको बताए ।

उनले घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको बताए । उनले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे । ‘सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु’ उनले भने ।

उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =