मञ्चमा आक्रोशित भएका नारायणकाजीले मागे माफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माफी मागेका छन् ।

जनतासँग माओवादी कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनाप्रति वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माफी मागेका हुन् ।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरु गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताए ।

‘मैले सुरूआत मात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै । त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु’ श्रेष्ठले भने ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेता कार्यकर्ताप्रति धारणा राख्दै क्षमा याचना गरेका हुन् । ‘जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु’ उनले थपे ।

सोमबार झापाको बनियानीमा ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ थालनी गर्ने कार्यक्रममा श्रेष्ठ आक्रोशित बनेका थिए । सभाको मञ्चमा श्रेष्ठ बोलिरहँदा उद्घोषक मञ्चमा पुगेका थिए । त्यसै क्रममा रिसाएका श्रेष्ठले आक्रोशित हुँदै आफ्नो भनाइ टुंग्याउँदै बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =