कुलमान घिसिङलाई हटाउनु हुँदैन : उर्जामन्त्री तामाङ

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले घिसिङले विद्युत् प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए ।

कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताए । देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको भनाइ छ । कर्मचारीलाई चित्त नबुझेका कुराहरूमा स्पष्टीकरण सोध्न मिल्ने बताए । उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =