सरकारले अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायो : झक्कुप्रसाद सुवेदी

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताए ।

विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उनको आरोप छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताए । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताए ।

उनले भने ‘अहिले संसदमाथि सरकार हाबी भइरहेको छ । सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अस्त्र बनायो अध्यादेशलाई । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाएर बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चाल्यो ।’

उनले लोकतन्त्र विधिको शासन भएकाले कानुन संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानुन बनाउन थालेको बताए । सरकारले कानुन बनाए संसदले के काम गर्ने रु भन्दै प्रश्न गरे । अध्यादेशहरू भूमाफिया, बिचौलियाहरूको पक्षमा रहेको बताए । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =