हमासले छाड्यो थप ६ बन्धक

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इसरायललाई फिर्ता गरेको छ ।

शनिबार छाडिएका मध्य ६ जनै इजरायली नागरिक हुन् ।

शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा भएका हुन् ।

टाइम्स अफ इजरायलका अनुसार उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा थिए। समुद्र तटबाट गाजा प्रवेश गर्दा उनीहरूलाई हमासले नियन्त्रणमा लिएको थियो ।

बाँकी चार जनालाई भने सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गर्दा हमासले बन्धक बनाएर गाजा लगेको थियो ।

हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ ।

योसँगै हमासले ३० जना बन्धक छाडेको छ भने इजरायलले गत सातासम्म १०९९ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ । तर अहिलेसम्म उनको पालो आएन ।

पहिलो चरणको युद्धविरामअन्तर्गत भएको सम्झौताअनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ । यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ ।

बदलामा इसरायलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता छ ।

पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =