स्थानीय खानेकुरालाई प्रवर्धन गर्न जरुरी : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवर्धन गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे ।

उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरूको प्रवर्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने बताए ।

उनले नेपाली परिकारहरू धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरूले सिको गरेर खाने गरेको बताए ।

उनले भने, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यी तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थानीय परिकारहरूमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्ने कुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ । हाम्रो स्थानीय उत्पादनहरूमा के कति पाइन्छ भन्ने कुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरूले कुरा बुझ्दै हाम्रो खाने कुराहरू अपनाउन थालेका छन् । यसलाई प्रवर्धन गर्दै जानुपर्छ ।’

स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =