कतारको सडक दुर्घटनामा युवा व्यवसायी आचार्यको मृत्यु
२०८१ फागुन १० गते

काठमाडौं । कतारमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका निवासी ४० वर्षीय आचार्य गम्भीर घाइते भएपछि हमाद अस्पतालमा उपचाररत थिए । तर, चिकित्सकको प्रयास बावजुद उनको मृत्यु भएको हो ।
नेपाली समुदायमा सक्रिय रहँदै आएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारसमेत थिए ।
हाल उनको पार्थिव शरीर कतारको सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ। नेपाली समुदायमा सामाजिक कार्यमा समर्पित आचार्यको निधनले कतारस्थित नेपाली समाजलाई स्तब्ध बनाएको छ ।
२०८१ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








