केबलकार निर्माण विवाद : आन्दोलनरत पक्षसंग सरकारले फेरी वार्ता गर्ने
२०८१ फागुन ९ गते

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसंग सरकारले फेरी वार्ता गर्ने भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आएर समाधान खोज्न आग्रह गरेका हुन् ।
सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधान गर्न भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता टोली गठन गरेको थियो ।
पाथीभरामा केबलकार निर्माण कार्य बन्द गर्न माग सहित अहिले आन्दोलन भइरहेको छ । सरकारी वार्ता टोलीसंग यसअघि पनि वार्ता भएको थियो ।

२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








