छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

काठमाडौँ । दाङ, तुलसीपुर उपमहानगरपालिका–१ कुमाल गाउँ भम्के बस्ने ५५ वर्षीय लोक बहादुर परियार सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, नौबहिनी गाउँपालिका–६ सिरसेनी बस्ने ४७ वर्षीय रेकम सिङ केसी सोही ठाउँस्थित आफ्नै पहिरा खोला निजी वनको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बागलुङ, निसीखोला गाउँपालिका–१ देवस्थानस्थित निसीखोलाको बाँधमा सोही गाउँपालिका–१ लेवाङ बस्ने ८० वर्षीया रूपी विक बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

सर्लाही, बलरा नगरपालिका–१० सुदामा बस्ने ७५ वर्षीय गरभु हजारी सोही ठाउँस्थित मनुसमारा खोलाको किनारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =