संविधान सभा सदस्य सापकोटाको निधन, नेकपा एसको बैठक स्थगन
२०८१ फागुन ८ गते

काठमाडौं । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएो सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।
आफ्ना पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि नेकपा एकीकृत समाजवादीले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगन गरेको छ ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








