नेकपा एसले बोलायो केन्द्रीय समिति बैठक
२०८१ फागुन ८ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक बस्दैछ । बुधबार पोलिटब्युरो समितिको बैठक बसेपछि आज केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले सात वटा प्रस्ताव पारित गर्दै आजको बैठकका लागि एजेण्डा समेत तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








