भारतीय विश्वविद्यालयमा मृत फेला परेकी लम्सालको शव नेपाल ल्याइयो

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव स्वदेश ल्याइएको छ । बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरीले जनाएको छ ।

लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय घर ल्याइएको हो । प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने बताइएको छ ।

प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । आइतबार लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन समेत गरेका थिए ।

नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुमाथि ज्यादती गर्दै विश्वविद्यालयबाट निष्काशन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =