विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ : डा.महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताएका छन् ।

नेपाल किसान महाङ्घ नुवाकोटको आज विदुरमा आयोजित जिल्ला अधिवेशनमा प्रवक्ता महतले नेपालका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारमा सहज रूपमा पुर्‍याएर लागत अनुसारको आम्दानी लिन विदेशबाट भित्रने कृषि सामग्रीमा कर लगाउनुपर्ने बताए ।

“विदेशबाट भित्रने कृषि सामग्रीको बजारीकरण गर्न सस्तो मूल्यमा प्रशस्त उपलब्ध गराई स्वदेसी उत्पादनलाई निरूत्साहित बनाउन विदेसी बिचौलिया केन्द्रित हुन्छन्,” प्रवक्ता महतले भने,“नियोजित रूपमा आन्तरिक उत्पादनले आत्मनिर्भर हुन नसक्ने बनाइ त्यसपश्चात महङ्गो बनाउँछन् । त्यसबाट बच्न कृषि सामग्रीको भन्सार विन्दुमा कर लगाई नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ ।”

कृषि पेसालाई सम्मानित बनाउन नसक्दा नेपाल कृषिप्रधान देश भए पनि यहाँको उत्पादनले आत्मनिर्भर हुन नसकेको उनले बताए । त्यसका लागि युवालाई प्राविधिक शिक्षा र सीप विकासमा संलग्न गराई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको प्रवक्ता महतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =