रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर
२०८१ फागुन ७ गते

काठमाडौं । यौन दुराचारमा दोषी ठहरिएका रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएको छ ।
अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ । उनीमाथि अपराध गरेर आठ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको अभियोग लगाइएको छ ।
उनीमाथि विदेशी विनिमय अपचलनको आरोपमा समेत छुट्टै अनुसन्धान भइरहेको छ ।
२०८१ फागुन ७ गते
प्रतिक्रिया








