प्यालेस्टिनी मुद्दामा बोलाइएको आपत्कालीन अरब शिखर सम्मेलन इजिप्टद्वारा स्थगित

एजेन्सी । प्यालेस्टिनी मुद्दामा बोलाइएको आपतकालीन अरब शिखर सम्मेलन इजिप्टद्वारा स्थगित

इजिप्टको विदेश मन्त्रालयले मार्च ४ का लागि कायरोमा बोलाएको प्यालेस्टिनी मुद्दामा आपतकालीन अरब शिखर सम्मेलन स्थगित गरेको छ ।

अरब लिग (एएल) शिखर सम्मेलनको वर्तमान अध्यक्ष बहराइन र एएल सचिवालयसँगको समन्वयमा र शिखर सम्मेलनको लागि मुलभुत तयारी सुनिश्चित गर्न अरब राज्यहरूसँगको परामर्श पछि यो निर्णय गरिएको थियो ।

कायरोमा शिखर सम्मेलन प्यालेस्टिनी मुद्दा र गाजापट्टी सम्बन्धी पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्ने योजना छ ।

गाजाको भविष्य सम्बन्धी संयुक्त राज्य अमेरिकाको विवादास्पद प्रश्तावहरूको सामना गर्दै जनवरी १९ मा शुरु भएको गाजा युद्धविरामलाई कायम राख्न जारी कुटनीतिक प्रयासहरूको बीचमा यो घोषणा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =