बल्खुमा मृत व्यक्ति फेला प्रकरण : अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

काठमाडौँ । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा ६ जना पक्राउ परेका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो ।

तीमध्ये दुई जना बढी शंकास्पद देखिएको बताइएको छ ।

उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् ।

बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने मकवानपुरका रामकृष्ण दाहाल बुधबार बिहान साढे १० मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको उनले बताए ।

उनले पक्राउ परेका आरोपीहरू मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =