एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने
२०८१ फागुन ६ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारले ल्याएका अध्यादेशहरू विपक्षमा मतदान गनेर्् निर्णय गरेको हो ।
संसद छलेर अध्यादेश ल्याउनु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनको भनाई छ ।
२०८१ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








