क्यानडाको टोरन्टोमा विमान पल्टियो

काठमाडौं । टोरन्टोमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिनेसोटाबाट उडेको डेल्टा एयरलाइन्सको विमान अवतरणका क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले विमानमा सवार ८० जना यात्रु तथा चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको जनाएको छ । दुर्घटनापछि आगलागी भए पनि अग्नि नियन्त्रकहरूको सक्रियताका कारण आगो तत्काल नियन्त्रणमा लिइएको थियो । विमानबाट यात्रुहरू हतारमा बाहिर निस्किरहेका दृश्यहरू देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

क्यानाडाका यातायातमन्त्री अनीता आनन्दले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् । हालसम्म दुर्घटनाको विस्तृत कारण खुलेको छैन, तर अधिकांश यात्रु सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =