भारतको विश्वविद्यालयमा भएको घटनाका विषयमा कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् । उनले घटनाका विषयमा आवश्यक कुटनीतिक पहल थालेको उनले बताइन् ।

मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको बताइन् ।

आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।

विश्वविद्यालयले भने लम्साले आत्महत्या गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =