नेपाली विद्यार्थीलाई निकालेपछि भारतको केआईआईटी विश्वविद्यालयले दियो प्रष्टीकरण
२०८१ फागुन ५ गते

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेको विषयमा प्रष्टीकरण दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ ।
विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्याउने जारी विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् ।
लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।
लम्साल एक छात्रसंग प्रेम सम्बन्ध रहेको पनि विश्वविद्यालयले जनाएको छ ।

२०८१ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








