धोबीखोलामा खस्यो कार,चालकको सकुशल उद्दार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको छ ।

आइबार साँझ बा२१च ६६१४ नम्बरको कार सडकबाट अनियन्त्रित भएर धोबीखोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले मकालुखबरलाई बताए ।

भक्तपुर मध्यपुर ठिमि नगरपालिका १ लोकन्थली बस्ने ४५ वर्षिय पदम कार्कीले चलाएको उक्त कार धोबीखोलामा खसेको हो । चालकलाई सकुशल उद्दार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *