आइसियुमा रहेका अर्थमन्त्रीलाई भेट्न नेताहरूको लर्को (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंहरावत, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बागुरुङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) युवराज ज्ञवालीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानन्यायाधीश, मन्त्री गुरुङ र उपाध्यक्ष ज्ञवाली आज अपराह्न उक्त अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई अस्पतालका निर्देशक डा.किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि मन्त्री गुरुङले आफूलाई चिकित्सकहरूले दुवै जनाको स्वास्थ्य सामान्यतर्फ उन्मुख भएको जानकारी दिएका सञ्चारकर्मीलाई बताए ।

शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका हुन् । उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =