मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम छ : डोलप्रसाद अर्याल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले समाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटको ठूलो हिस्सा भत्तामा जाने गरेको उल्लेख गर्दै सामाजिक सुरक्षाको मुद्दा झनै पेचिलो हुँदै गएको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको बजेटको १५ प्रतिशत रुपैयाँ भत्तामा खर्च भइरहेको उल्लेख गर्दै उनले यसले नयाँ पुस्तालाई उत्प्रेरित नगर्ने जिकिर गरे ।
न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य रहेको उनको भनाइ छ ।
उनले २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभुति दिन सकिने भएपनि अब त्यस्तो अवस्था नरहेको बताए ।
उनले भने– ‘नगद हस्तान्तरणमा आधारित समाजिक संरक्षणलाई समयमै समयमै योगदानमा आधारित गर्न सकिएन भने अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित जस्तै छ । बजेटको ठूलो हिस्सा यस्तै भत्ताहरुमा जान्छ । चालु बजेटमै पनि झन्डै पन्ध्र प्रतिशत पुगेको छ । यसबारे हामीले सोचका छौँ कि छैनौँ ? के यसले काम गर्ने नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेको छ त ? समाभुख महोदाय न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य छन् । २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभूति दिन सकिन्थ्यो । त्यसैले सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन सक्दैन । यो अनिवार्थ नभई अपरीहार्य छ ।’
सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन नसक्ने उनको भनाइ छ ।
