अस्थिरताको कारक देश सञ्चालन गर्ने शिर्ष नेतृत्व हो : सांसद शर्मा


काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताएकी छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन् ।
उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चलन गर्ने शिर्ष नेतृत्व रहेको टिप्पणी गरिन् ।
संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताउनु भयो । संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन् ।
गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । उनले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताइन् ।
सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताइन् ।
