संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारूढ दलको बैठक
२०८१ फागुन ३ गते

काठमाडौं । सत्तारूढ दलहरूबीच संविधान संशोधनका लागि कार्यदल गठन गर्ने विषयमा छलफल गर्न बैठक बस्दै छ । गृहमन्त्री एवम् नेपाली कांग्रेस नेता रमेश लेखकका अनुसार बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु हुनेछ ।
यसअघि शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधन प्रक्रियालाई अघि बढाउन कार्यदल बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज सत्तारूढ दलका शीर्ष नेताहरू बैठक बस्न लागेका हुन् ।
गृहमन्त्री लेखकका अनुसार कार्यदलले देशभर संयुक्त रूपमा अन्तर्क्रिया गर्नेछ । हाल सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् ।
साथै, जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई समर्थन गरेका छन् ।
२०८१ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








