त्रिशुलीमा मोटरसाइकल खस्यो, भारतीय सेनामा आवद्ध राना बेपत्ता

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डबाट एउटा मोटरसाइकल त्रिशूली नदीमा खसेको छ ।

सडक छेउमा बनाइएको वालमा ठोक्किएर २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशूलीमा खसेको हो ।

घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी भारतीय सेनामा आबद्ध रहेको परिचयपत्र घटनास्थलमा भेटिएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोलिले उद्धार कार्य जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =