नेकपा एसले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
२०८१ फागुन २ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको हो ।
बैठकमा सामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिनेछ । फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।
२०८१ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








