सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि सामुदायिक रेडियोको भुमिका अतुलनीय : वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि रेडियोले खेलेको भुमिका अविस्मिणीय र अतुलनीय रहेको बताएका छन् ।
बिहीवार ललतिपुरमा सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारीलाई नेपालका सामुदायिक रेडियोले प्रशारण गर्दै आएको बताए ।
उनले ग्रामिण दुर्गम क्षेत्र र पत्रपत्रिकाको पहुँच नपुग्ने ठाउँहरुमा खुलेका सामुदायिक रेडियोहरु सूचनाको प्रमुख आधार बन्न पुगेको बताए । उनले भने,‘जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारीहरुलाई सहज र स्थानीय भाषामा प्रश्तुत गर्ने काम नेपालका सामुदायिक रेडियोहरुले गर्दै आइरहेका छन् । नेपालको सन्दर्भमा सामुदायिक रेडियोहरुले एफएम रेडियोहरुको प्रविधिको माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण खेल्दै आउनुभएको छ । अझ ग्रामिण दुर्गम क्षेत्र र पत्रपत्रिकाको पहुँच नपुग्ने ठाउँहरुमा खुलेका सामुदायिक रेडियोहरु सूचनाको प्रमुख आधार नै बन्न पुगेको छ । राजनीतिक परिवर्तनहरुमा भएका क्रान्तिहरुका साथै २००७ सालमा रेडियो प्रजातन्त्रको स्थापना भएदेखि हालसम्मका रेडियोको प्रयासहरु साथै दोस्रो जनआन्दोलनमा रेडियोले महत्वपूर्ण भुमिका खेल्यो । शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि सामुदायिक रेडियोहरुले धेरै प्रभावकारी कामहरु गरिरहेका थिए । सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि पनि रेडियोले खेलेको भुमिका अविस्मिणीय र अतुलनीय रहेको छ ।’
मन्त्री शाहीले संघीयताको मर्मलाई स्थापित गर्दै सामुदायिक रेडियोमा सबै क्षेत्र, वर्ग, लिंग, जाती, भाषभाषी र धर्म संस्कृतिको आवाज र अनुहार प्रतिविम्वित हुनुपर्ने बताए ।








