‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालनको पहल गरिने

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताएका छन् ।

संरक्षण समूह नेपालले आज आयोजना गरेको शेर्पाको श्रद्धाञ्जलीसभामा वन मन्त्री शाहीले शेर्पाको योगदान संरक्षण क्षेत्रमा अविष्मरणीय रहने बताए । मन्त्री शाहीले भने, ‘अब चुङ्बा शेर्पा नाम सुन्नासाथ हामीलाई नेपालको वन्यजन्तु फोटोग्राफीमा एउटा अद्वितीय पहिचान बनाएको व्यक्तित्वको याद आउँछ । उनले दुर्लभ वन्यजन्तुहरूको तस्बिरहरू खिचेर विश्वसामु नेपालको जैविक विविधताको महत्त्व उजागर गर्नुभयो ।’

शेर्पाले खिचेका करिब एक सय तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोषको अडिटोरियम हलमा राख्ने गरी प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त प्रदर्शनी कक्षको शेर्पा जीवित छँदै कोषका संरक्षक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

बागमती प्रदेशसभा सदस्य याङ्गकीला शेर्पाले राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेकाले सरकार यस्ता विषयमा गम्भीर हुनुपर्ने बताए ।

संरक्षण समूह नेपालका अध्यक्ष गौरव शमशेर जवराले शेर्पाले वन्यजन्तु तथा प्राकृतिक संरक्षणका विषयमा तस्बिरको माध्यमबाट प्रचार गरेर पर्यटन प्रवद्र्धनमा पु¥याएका योगदानको प्रशंसा गरे ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)का अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले नेपाली फोटोग्राफी क्षेत्रमा शेर्पाको योगदानको चर्चा गरे ।

संरक्षण समूह नेपालका उपाध्यक्ष किशोर थापाले प्रकृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण राष्ट्रिय सुरक्षासँग सम्बन्धित काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =