अनेरास्ववियुले भन्यो– प्रहरीले हाम्रो नेतालाई अस्कलबाट टोखा लगेर कुट्यो

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतालाई प्रहरीले अपहरण गरेर कुटेको आरोप लगाएको छ ।

संगठनका अध्यक्ष समिक बडालले दरबारमार्गका एक प्रहरीले अस्कल क्याम्पसका एक नेतालाई साँझको समयमा अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका हुन् ।

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष बडालले संगठनमा आबद्ध प्रकाश वयकलाई साँझको समयमा आफू नेपाल प्रहरीको प्रतिनिधि रहेको र सीएसआईटीको फर्म भर्नु छ भनी बोलाएर अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन् ।

त्यस्तै उनले नेपाल प्रहरीको गैरकानुनी तवरको धरपकडको सह्य नहुने र सो घटनामा संलग्नको छानबिन गरि दोषीमाथि कडा कारबाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौँ । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =