विश्व रेडियो दिवस : ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्

काठमाडौं । सरोकारवालाहरूले नेपालमा करिब ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।

विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरू रहेको भए पनि उनीहरुले सरकारका विषयवस्तुहरू मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिब ३ सय सामुदायिक रेडियोहरूले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए ।

सामुदायिक रेडियोहरूले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गरे । उनले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरू बढी हुने गरेको बताए ।

उनले भने, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु गर्‍यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ती सामुदायिक रेडियोहरूले बजाउँछन् कसको समाचार ? राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’

सञ्चारमाध्यमहरू अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =