अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

२०८१ फागुन १ गते

काठमाडाैं । अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ ।
फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो ।
गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी पार्टीको रूपमा देखा प-यो । त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो ।

२०८१ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित