आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा महिला पक्राउ
२०८१ माघ ३० गते

फाइल तस्बीर ।
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छन् ।
छ लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
२०८१ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








