हिन्दुराष्ट्र बनाउने अभियानमा डा.रामचन्द्र अधिकारीलाई साथ दिन देउवाको आग्रह
२०८१ माघ ३० गते

काठमाडौँ । पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन भएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमबिच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा. अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गर्दै बन्नसक्छ वा सक्दैन यसै भन्न नसकिने बताए ।
उनले हिन्दुराष्ट्र बनाउने अभियानमा उनलाई साथ दिन पनि आग्रह गरे ।
सभापति देउवाले भने ‘उहाँ मेरो सानै देखिको साथी हो । अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ, कतिको सफल हुन्छ थाहा छैन, उहाँलाई साथ दिनुस् ।’
सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराहरूको अनुभव रहेको भन्दै देशका लागि आत्मवृत्तान्त पुस्तकले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
२०८१ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








