मन्त्री अधिकारीद्धारा भूमि आयोगको जिल्ला समितिमा थप ३९ सदस्य नियुक्त

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा सदस्य नियुक्त गरेका छन् । दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका हुन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको मन्त्री अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *