हाम्रो राजनीति बरालियो,ट्र्याक समात्न सकेनौं : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले मिसन २०८४ भन्दै राजनीतिक दलहरुले जनतालाई ठगिरहेको टिप्पणी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो टिप्पाणी गर्नुभएको हो । उहाँले छिमेकी देशहरु विकास निर्माणको तिब्र गतिमा अघि बढिरहँदा राजनीतिक दलहरुको सोच र मानसिकताको कारणले अगाडि बढ्न नसकेको बताए ।

उनले राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न नसकेको बताउनु भयो । उहाँले मिसन २०८४ नभई मिसन सुशासन र आर्थिक विकास हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘सम्माननीय सभामुख महोदय यहाँ विधि मिच्ने काम गरियो । हामीले यहीबाट विकास निर्माण र आर्थिक उन्नतिको दिशामा देशलाई लैजाउँ । हाम्रा छिमेकी देशहरु विकासको तिब्र गतिमा अगाडि बढिरहेका छन् । हामी पछाडि परिरहेका छौं । हाम्रो सोचले गर्दा, हाम्रो मानसिकताले गर्दा । हाम्रो राजनीति बरालिएको कारणले गर्दा हामीले ट्र्याक समात्न सकिरहेका छैनौं । त्यसकारण हामी राजनीतिलाई सही दिशातर्फ लैजानको लागि अगाडि बढ्नुपर्छ । आज हामी मिसन चौरासी भनिरहेका छौं । अहिले २०८१ छ । मिसन ८१ मा के गर्ने, मिसन ८२ मा के गर्ने, मिसन ८३ मा के गर्ने ? यो सब जनतालाई ठग्ने कुरा हो यो । मिसन जनता हो, मिसन सुशासन हो र मिसन आर्थिक विकास बनाउनुपर्दछ ।’

राजनीतिलाई सही दिशामा लैजान सकेमात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको उनको भनाइ छ । उहाँले देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =