जेल बसेर बाहिर आउँदा एकैचोटि दरबार कसरी बन्यो ? छानबिन गरौँ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको सम्पती शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पती आर्जन गरेको आरोप लगाएका हुन् ।
उनले वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत गरे । ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ । तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनैपनि थिएन । जेल बसेर बाहिर आएको केही महिनामै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । त्यसको छानबिन गर्नुपर्दैन ?’ उनले भने ।
उनले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार भएपनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताए ।
संसद संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराए ।








