नारायणी नदिमा हाम फालेकी अनिताको सकुशल उद्वार
२०८१ माघ २९ गते

पूर्वी नवलपरासी । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदिमा हाम फालेकी महिलाको सकुशल उद्वार गरिएको छ ।
मंगलबार सशस्त्र प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिया अनिता हरिजनको सकुशल उद्धार गरेको हो । उनले त्रिवेणी व्यारेजबाट नारायणी नदिमा हाम फालेकी थिइन् ।
घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा टोलीले अनितालाई सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।
२०८१ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








