क्यान्टोनमेनमा माओवादीले घोटाला गरेको छ : एमाले

काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले क्यान्टोनमेनमा गएर आफ्ना लडाकुहरुलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे ।

उनले त्यो भन्दा ठूलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न गरे । उनले नेकपा (माओवादी केन्द्र) को जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरु चोखो नरहेको बताए ।

उनले आफू सबैकुराबाट शुद्ध र अरुलाई मिथ्या ढंगले प्रश्तुत गर्नेकुरा नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =