संसद अराजकको नभई सज्जनको थलो हो : सांसद रिजाल

काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद टकरावको थलो नभएको बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए । संसद विधिको थलो भएको चर्चा गर्दै उनले भने,‘संसद जिद्दीको थलो होइन ।’
उनले संसद अराजकको नभइ सज्जनको थलो भएको बताए । जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताए। संसद भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरुलाई आग्रह गरे ।
उनले भने,‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दिको थलो होइन । संसद सज्जनको थलो हो अराजकको थलो होइन । त्यसकारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाईमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन ।’
उनले प्रमुख प्रतिपक्ष दलका नेताले डोरीलाई सर्प भने प्रचार गरेको भन्दै आपत्ति जनाए ।








