१५ मिनेटका लागि स्थगित बैठक ढिलो गरी सुरु
२०८१ माघ २९ गते

काठमाडौं । संघीय संसद अन्तर्गत १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक ढिलो गरी सुरु भएको छ । मंगलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको थियो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएका थिए ।
सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग सहित प्रतिपक्षीले संसदमा अवरोध गरेको थियो । पछि बैठक स्थगित भएको थियो ।
२०८१ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








