प्रतिपक्षले अवरोध गर्दा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । संसदमा प्रतिपक्षले अवरोध गर्दा संसद बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएका थिए । सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए ।

आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइयो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको बताएपनि प्रतिपक्षी दलका सांसदहरूले भने अवरोध गरे । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =