प्रधानमन्त्री निवास घेर्न निस्किएका लघुवित्त पीडितलाई भाटभटेनीमा रोकियो (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेर्न थापाथलीस्थित राम मन्दिरबाट मार्चमा निस्किएका लघुवित्त पीडितलाई प्रहरीले रोकेको छ ।

प्रहरीले भाटभटेनी मन्दिर नजिकै पीडितहरूको मार्च रोकेको हो ।

प्रहरीले रोकेपछि लघुवित्त पीडितहरू त्यहीँ नाराबाजी गर्दै धर्नामा बसेका छन् ।

लघुवित्त पीडितहरूले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रधानमन्त्री निवास घेराउ गर्न मार्च निकालेका थिए । प्रहरीले बाटोमै रोकेपछि उनीहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =