विपिन जोशी रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । उनले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे ।

उनले भने ‘इजरायल र हमासको बिचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ति सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशी को अत्तोपत्तो छैन । यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ भन्ने । सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न । सरकारले उहाँको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो सङ्घर्ष गरिरहेको छ । यो संसदलाई जानकारी होस् ।’

७ अक्टोबर २०२३ मा इजरायल गाजवासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

उनले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे ।

उनले भने ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौँका उपभोक्ताहरूलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर सरकारले बनाओस् । अगाडि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’

काठमाडौँका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =