जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताइन् । उनले जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गरिन् ।

उनले भनिन् ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यानको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरू सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरू असुरक्षित महसुस गरिरहेका छन् । जंगलभित्रै ती जनावरहरू बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरूका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्ब समाधानको उपाय गरियोस् ।’

उनले जंगलभित्रका जनावरहरूलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =