घोडाघोडीका विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् ।

घोडाघोडीको वडा नम्बर ४ सिम्थरीमा छ र वडा नम्बर ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् ।

नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुई वटा पक्की कोठा र एक शौचालय रहेको छ ।

घोडाघोडी नगरपालिकाको रु ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको रु २४ लाख र जनश्रमदान रु नौ लाख पाँच हजार पाँच सय दुई लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो ।

यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =