खेलकुदमन्त्रीलाई माओवादी सांसदको प्रश्न- ०४७ सालको संविधान कार्यान्वयन हो की, संशोधन भइसक्यो ?

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन् ।

उनले युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए । उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गरे ।

उनले भने ‘युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूची ४ ९१० बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्नेकुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की रु संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =