कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गरौँ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अहिले भएका कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गर्न जरुरी रहेको बताएका हुन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैतिरबाट घेरा हालेर दुई वटा दललाई मात्रै राख्ने गरी काम अघि बढाइरहेको भन्दै आपत्ति जनाए ।

उनले सामाजिक सञ्जाल विधेयकबाट जनताका आवाज थुन्ने काम भएको बताए । उनले नौलो गणतन्त्रका लागि संविधान संशोधन जरुरी रहेको बताए ।

अध्यक्ष राउतले एक सय वर्षमा नेपालमा बन्न नसकेको सडक ६ वर्षमा त्यो भन्दा बढी बनेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =